बजार "इण्ट्राडे हाईमा" बन्द, यसको संकेत के ? - Lagani News

Latest


Post Top Ad

Tuesday, October 30, 2018

बजार "इण्ट्राडे हाईमा" बन्द, यसको संकेत के ?



लगानीन्युज/काठमान्डौ: लगातार तीन कारोवार दिन सम्म घटेको बजार  तेश्रो कारोवार दिन मंगलबार भने बजार बढेर बन्द भएको छ। बजार बन्द हुदाँ दिन भरीको उच्च विन्दु अर्थात् "इण्ट्राडे हाईमा"  बन्द भएको छ। 

आज  नेप्से परिसूचक ७ दशमलव ४३ अङ्क बढ्दै १२२४ दशमलव ३६ को विन्दुमा बन्द भएको छ। आज बजार १२१६ दशमलव ९३ को विन्दुमा खुलेकोमा आज न्यून विन्दु १२१६ सम्म मात्र पुगेको थियो। आज बजार बन्द हुँदा दिन भरकै उच्च विन्दु १२२४ दशमलव ३६ को विन्दुमा बन्द भएको थियो। 

 बजार इण्ट्राडे हाईमा बन्द हुनुले अन्तिम  समयमा खरिद कर्ताको चाप देखिएको प्रस्ट हुन्छ।  बजार इण्ट्राडे हाईमा बन्द भएपनि बजारलाई कारोवार रकम ले त्यति सपोर्ट गर्न सकेको छैन। आज दिन भरीमा  २२ करोड १८ लाख बराबरको शेयर किनबेच भयो।

बजार सपोर्ट एरियामा !
केही समयको ग्राफ हेर्ने हो भने बजार एकपटक फेरी सपोर्ट जोन बाट माथि तर्फ उक्लिएको छ। बजार केही महिनाको विच करिव ३ पटक १२१५ को एरियाबाट फर्केको छ। 


बजारले पूर्ण रुपमा सकारात्मक दिशा समात्न आजको कारोवार समथोक होइन। बजार वृद्धि हुदाँ कारोवार रकममा पनि उत्साहजनक सुधार आउनु जरुरी छ।  

Pages