
लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक १४ दशमलव १५ अंकले वृद्धि भएको छ। आज दोश्रो बजारको परिसुचक १ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ।
आज बजार २ बजे पछि निरन्तर जस्तो बढेको थियो। आज बजार दिन भरमा १२४२ दशमलव ४३ को उच्च विन्दु सम्म पुगेकोमा बजार बन्द हुँदा त्यही विन्दुमा बन्द भएको छ । आज २६ करोड ९९ लाख बराबरको शेयर किनबेच भयो।
१२२८ दशमलव २८ को विन्दुमा खुलेको बजार १२२८ दशमलव १६ को न्यून विन्दुसम्म मात्र झरेको थियो।
बजार "इन्ट्राडे हाई " मा बन्द हुनुले बजारमा खरिद चाप राम्रै देखिएको छ। यस्तो प्रवित्ति सकारात्मक मानिन्छ । आज मात्र नभएर अघिल्लो साताको बुधबार र अन्तिम कारोवार दिन पनि बजार इण्ट्राडे हाईमा बन्द भएको थियो। दशैँ निजिकै हुदा कारोवार रकम भने केही कम भएको छ। यस्तो प्रवित्तिमा कारोवार रकम भने वृद्धि हुन जरुरी छ।
लगातार तीन कारोवार दिनको प्रवित्ति हेर्दा कारोवार सुरु हुँदा लगानीकर्ता हरु पर्ख र हेरको अवस्थामा पुगेको र अन्तिम घण्टामा चाहिँ मजाले शेयर खरिद गर्ने गरेको प्रस्ट हुन्छ।
लगातार तीन कारोवार दिनको प्रवित्ति हेर्दा कारोवार सुरु हुँदा लगानीकर्ता हरु पर्ख र हेरको अवस्थामा पुगेको र अन्तिम घण्टामा चाहिँ मजाले शेयर खरिद गर्ने गरेको प्रस्ट हुन्छ।