दशैँ आयो, दशैँमा आफू भन्दा ठूलाको हातबाट टिका लगाएर दक्षिणा लिने पनि एउटा परम्परा नै बसिसकेको छ। दशैँमा धेरै थोरै सबैले आफू भन्दा ठूलाको हातबाट दक्षिणा ग्रहण गर्दै केही पैसा जम्मा भएको पाइन्छ। झन भर्खरका नानी बाबुहरुलाई त दशैँमा दक्षिणा नभएर हुँदै हुँदैन।
" शेयर बजारमा लगानी गर्न ठुलो पैसा चाहिन्छ त्यसमा पनि दोस्रो बजारमा ठूलो पैसा नभए सम्म लगानी गर्न सकिँदैन" यो एउटा ठुलो भ्रम नेपाली जनताको मानसिकतामा बसेको छ। शेयर बजार भनेको साहेद सबै भन्दा थोरै लगानीबाट लगानी गर्न सकिने क्षेत्र हो। यहाँ प्राथमिक बजार मात्र होइन निकै सानो पुँजीलेपनि दोश्रो बजारबाट शेयरमा लगानी गर्न सकिन्छ। शेयर बजार भनेको यस्तो क्षेत्र हो जहाँ सजिलै पैसा निकाल्न र लगाउन सकिन्छ।
अहिलेको अवस्था हेर्दा शेयरको मूल्य निकै सस्तिएको छ। आजको दिनमा राम्रा राम्रा वाणिज्य बैंकहरुको शेयर प्रति कित्ता २०० को आसपासमा आएको अवस्था छ, त्यस्तै केही राम्रा राम्रा विकास बैंकहरु पनि १५० -२०० को बिचमा घुमिरहेको अवस्था छ। अहिलेको समयमा लगानी गर्न लगानीकर्ताले निकै ठुलो पुँजी लगाउनु पर्ने अवस्था छैन।
एउटा सामान्य नानीबाबुको दशैँमा ५ हजार दक्षिणा भयो भने त्यो शेयरबाट एउटा प्रति कित्ता २०० पर्ने राम्रो वाणिज्य बैङ्कको २५ कित्ता जति शेयर आउँछ। आज तपाईँले आफ्नो बच्चाको नामबाट किनिदिनु भएको सो शेयरले १०-१५ वर्ष पछि बच्चा ठुलो हुँदा सम्म त्यो शेयरले निकै ठुलो प्रतिफल दिन सक्षम हुन्छ । वर्षमा एक पटक कम्पनीले दिने लाभासंले गर्दा पनि तपाईँले आज लगानी गर्नु भएको थोरै पुँजी पनि भविष्यमा निकै राम्रो अवस्थामा पुग्ने अवस्थाको सिर्जना हुन्छ ।
वारेन बफेटले भनेका छन् नचाहिँदो खर्च गर्ने भनेको लगानी गरेर बाँकी भएको पैसाले मात्र हो। हामीले बेला बेलामा थोरै थोरै जम्मा भएर आएको पैसाले आफ्ना नानीबाबुको नाममा शेयर लिएको अवस्थामा साहेद भविष्यमा तपाईँको नानी बाबुको उच्च शिक्षालाई सहयोग पुग्ने अवस्थाको सिर्जना हुने छ ।
प्राप्त भएको दक्षिणालाई बैङ्कमा राख्दा त्यति ठुलो प्रतिफल आउँदैन, अन्य क्षेत्रमा लगानी गर्न त्यो पैसा निकै सानो हुन्छ । त्यसैले फजुल वस्तुहरुमा खेर जाने नानी बाबुको दक्षिणालाई शेयरमा लगानी गर्न सके भविष्यमा त्यसले कुनै न कुनै दिन सहयोग पुग्ने नै छ।
दशैँ तिहारको दक्षिणा मात्र होइन नानी बाबुको जन्म दिनमा केही रकमको शेयर किन्दिनु होस, यसरी सानो सानो पुँजीलाई लगानीमा रूपान्तरण गर्ने काम गरौँ।
थोरै धेरै जति लगानीगर्दा भने जोखिम न्यूनीकरण गर्दै राम्रा राम्रा कम्पनीको शेयरमा लगानी गर्नु पर्छ।
थोरै धेरै जति लगानीगर्दा भने जोखिम न्यूनीकरण गर्दै राम्रा राम्रा कम्पनीको शेयरमा लगानी गर्नु पर्छ।
सम्पादक