सम्पादकको सपना भाग-२ : इक्युटी फण्डले पाउने आरक्षण शेयरको दुरुपयोग - Lagani News

Latest


Post Top Ad

Tuesday, October 2, 2018

सम्पादकको सपना भाग-२ : इक्युटी फण्डले पाउने आरक्षण शेयरको दुरुपयोग





लगानीन्युज/काठमान्डौ :एकादेशमा प्राथमिक निष्कासन आउनु अघि त्यहाँ रहेका इक्युटी फण्डहरुलाई केही प्रतिशत शेयर आरक्षित गरिँदो रहेछ।

सबै इक्युटी फण्डहरुलाई समानुपातिक हिसाबमा १०० रुपैयाँ अङ्कित मूल्यमा प्राथमिक निष्कासनका शेयर प्राप्त गर्दा रहेछन्।  

यसै क्रममा एउटा लघुबीमा कम्पनीको प्राथमिक निष्कासन हुनु पूर्व एउटा इक्युटी फण्डलाई १५०० कित्ता  आरक्षित शेयर प्राप्त भएछ । सानो पुँजी र आकर्षक लाभांसको कारणले गर्दा लघुबीमा कम्पनीहरू दोस्रो बजारमा सजिलै २००० पुग्दै आएका छन् ।
सर्वसाधारणलाई निष्कासन पश्चात् अब दोस्रो बजारमा सो शेयर सूचीकरण हुन्छ र कारोबार सुरु हुन्छ । शेयर प्रति  कित्ता १००० सम्म पुग्छ । प्रति कित्ता १००० पुगेको दिन सो इक्युटी फण्डका सिइओ (ह्यारी) र फण्ड म्यानेजर (ल्यारी) बिच यस्तो संवाद हुन्छ :

ह्यारी : ल्यारी जी , यो लघुबीमाको शेयरको दाम कति सम्म पुग्ला, तपाईँको अनुमान  के छ ?
ल्यारी : सर, यो कम्पनीको पुँजीको जम्मा ३० प्रतिशत मात्र शेयर बजारमा छ अनि यो लघुबीमाले अर्को वर्ष राम्रै हकप्रद शेयर पनि बिक्री गर्दै छ। मेरो विचारमा यसको मूल्य रु २००० माथि नै बस्ने अनुमान  गरेको छु। 
ह्यारी : ए ए ठिकै छ।  ल ल्यारी जी आज साँझमा दाजु भाइ एउटा क्याफेमा बसेर रमाइलो गरौँ न, भरे तलको क्याफेमा भेटौँ है ७ बजे !

ह्यारीले सो साँझको जमघटमा ब्रोकरलाई पनि बोलाउँछ। साँझ एक एक प्याक दारु लगाएपछि आरक्षित १५०० कित्ता मध्य १००० कित्ता चाहिं ह्यारीको सालाको नाममा फण्डले बेच्ने र २०० कित्ता चाहिं ल्यारीको साथीको नाममा फण्डले बेच्ने कुरा भयो।  
जसरी पनि त्यो शेयर म्याचिङ्ग गराउने बाचामा ब्रोकर, ह्यारी र ल्यारी खुट्टा हलाउँदै त्यहाँ बाट निक्सिन्छन। 

टिनिनी नि अलार्म को घण्टी बज्छ 

पसिना पुछ्दै म  गहिरो सोचमा पर्छु।  धन्न मेरो देशमा अहिले सम्म यस्तो घटना सुनिएको छैन।  मनमनै नेपाली म्युचल फण्डलाई धन्यवाद दिँदै र आगामी दिनमा यस्तो नहोस् भनेर भगवान् सँग प्रार्थना गर्दै "मर्निङ्ग वाकमा" निस्कन्छु।  

*यस रचनाका  सम्पूर्ण पात्र र कथा काल्पनिक हुन् ।  कसै सँग मेल खाएका संयोग मात्र हुने छ। 

Pages