लगानीन्युज/बुटवल : आज असोज २८ गते बुटवल स्थित अम्रकाली कटेजमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले कम्पनीले प्रस्ताव गरको १७ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ९० प्रतिशत नगद लाभासं पारित गरेको छ। सोही भेलामा आर्थिक वर्ष ७४/७५ को नाफा नोक्सान हिसाबका सम्बन्धमा छलफल भएको थियो।
१७ दशमलव ७० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड पुगेको छ। शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक एक मात्र १० जिल्ले विकास बैंक हो।