लगानीन्युज/काठमान्डौ: महुली सामुदायिक लघुवित्तले ५० प्रतिशत हकप्रद शेयर निस्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीले असोज १४ गते धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैया अंकित मुल्यमा ३ लाख कित्ता हकप्रद शेयर निस्काशन गर्ने छ। ५० प्रतिशत हकप्रद शेयरलाई पुँजीमा समायोजन गरे पश्चात कम्पनीको पुँजी ९ करोड पुग्ने छ।