सानिमामाई हाइड्रोपावरको लाभासं सुरक्षित गर्ने आज अन्तिम दिन, कस्तो छ कम्पनी ? - Lagani News

Latest


Post Top Ad

Tuesday, October 9, 2018

सानिमामाई हाइड्रोपावरको लाभासं सुरक्षित गर्ने आज अन्तिम दिन, कस्तो छ कम्पनी ?


लगानीन्युज/काठमान्डौ :सानिमामाई हाइड्रोपावरले  साधारण सभा प्रयोजनको लागि असोज २५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्दै छ। असोज २४ गते (बुधवार) सम्म कायम शेयरधनीले बोनस शेयर र नगद लाभांस पाउनुका साथै बार्षिक साधारणसभा भाग लिन पाउने छन्। 
साधारणसभामा कम्पनीले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजानेछ । कम्पनीले कार्तिक ८ गते  बार्षिक साधारणसभा बोलाएको छ ।

आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण:

२ अर्ब ११ करोड चुक्ता पुँजी भएको कम्पनीले ३० करोड ७३ लाख रुपैयाँ कमाएको छ। कम्पनीले आर्थिक वर्ष ७३/७४ मा २८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

कम्पनीको जगेडा कोष २९ करोड २६ लाख बाट वृद्धि भएर ५९ करोड ७३ लाख पुगेको छ। 

प्रमुख आम्दानीको श्रोतमा रहेको विधुत बिक्री आय सामान्य घटेर ७८ करोड ९६ लाख पुगेको छ। 

आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमाससम्म कम्पनीको प्रति शेयर आम्दानी १४ दशमलव ५७ रुपैयाँ छ।

हेरौ आर्थिक वर्ष ७४/७५ को चौथो त्रैमास :

Pages