बिक्री चाप भएन कम, बजार "इन्ट्राडे लो " मा बन्द - Lagani News

Post Top Ad

Wednesday, October 3, 2018

बिक्री चाप भएन कम, बजार "इन्ट्राडे लो " मा बन्द


लगानीन्युज/काठमान्डौ: आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक १०  दशमलव ७६  अंकले घटेको छ। आज दोश्रो बजारको परिसुचक ० दशमलव ८७  प्रतिशतले घटेको छ।  

आज बजार १२:१५ पछि निरन्तर जस्तो घटेको थियो।  आज बजार दिन भरमा १२३० दशमलव ६०  को न्यून विन्दु सम्म पुगेकोमा बजार बन्द हुँदा त्यही  विन्दुमा बन्द भएको छ ।  आज ३७ करोड ४० लाख बराबरको शेयर किनबेच भयो। 

१२४१  दशमलव ३६  को विन्दुमा खुलेको बजार १२४२  दशमलव २७  को उच्च विन्दुसम्म मात्र पुगेको थियो।  
बजार "इन्ट्राडे लो " मा बन्द हुनुले बजारमा बिक्री चाप राम्रै देखिएको छ।  यस्तो प्रवित्ति त्यति सकारात्मक मानिदैन। 

आज ट्रेडिङ्ग र होटल  कम्पनीहरुको उपसुचक मात्र वृद्धि भएको छ। आज सबै भन्दा धेरै एनएमबी  बैंकको शेयर किन बेच भएको छ।  नेपाल बैंकको २  करोड ६२  लाख बराबरको शेयर किन बेच भयो।  

आज नाडेप लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९१  प्रतिशतले वृद्धि भयो। 

Pages