कम्पनी विस्लेषण : ज्योति विकास बैंक - Lagani News

Post Top Ad

Thursday, November 1, 2018

कम्पनी विस्लेषण : ज्योति विकास बैंक

प्रमुख गतिविधि :
ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई एक्वायर गर्ने  भएको छ । कम्पनीले  आफ्नो साधारण सभा सम्पन्न गर्दै लगानीकर्तालाई ८ दशमलव ४० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ। 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५ /७६ र २०७४/७५  बीच तुलना गर्दा : 
बैंकले यो अवधिमा आफ्नो खुद नाफामा ४०  प्रतिशतको  वृद्धि हासिल गरेको छ । बैंकले यो त्रैमासमा ६  करोड ३३ लाख रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  बैंकले ४ करोड ५२ लाख खुद नाफा कमाएको थियो । 
बैंकले आफ्नो पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न  सफल भएको देखिन्छ । यो अवधिमा बैंकको पूँजी १८ प्रतिशतले वृद्धि भएकोे छ भने प्रति शेयर आम्दानी ८ रुपैयाँ २० पैसाबाट वृद्धि भएर ९  रुपैयाँ ७८  पैसा  भएको छ ।
निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा २१  अर्ब ४ करोड निक्षेप उठाई १७  अर्ब ७७  करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।
निक्षेप ८६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ७८  प्रतिशतले वृद्धि भएको छ । 
बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी  ६३  प्रतिशतले वृद्धि भएर २०  करोड ९८  लाख पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा ४०  प्रतिशतले वृद्धि भएर ९  करोड ९६  लाख पुगेको छ । आम्दानीमा ३  करोड ७४  लाख प्रोभिजनका कारणले घट्न पुगेको देखिन्छ भने जोखिम कोषबाट रकम फिर्ता भएको छैन  ।
बैंकले निष्क्रिय कर्जामा कमि ल्याउन सफल भएको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव ८२   प्रतिशतबाट घटेर ० दशमलव ३९  प्रतिशतमा आएको छ। 
बैंकले प्रकाशन गरेको वित्तीयविवरण अनुसार बैंकको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ छ। 
➤कम्पनीको जगेडा कोषभने ३१ प्रतिशतले कम हुँदै ३५ करोड ४ लाख पुगेको छ।






Pages