एलआईसी नेपालले घटायो बोनस; अब १२ प्रतिशत मात्रै - Lagani News

Post Top Ad

Saturday, November 3, 2018

एलआईसी नेपालले घटायो बोनस; अब १२ प्रतिशत मात्रै


लगानीन्युज/काठमान्डौ: बीमा समितिले पहिले प्रस्तावित लाभांसलाई परिमार्जन गर्ने निर्देशन दिए संगै लाईफ  इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन)ले पुन लाभासं प्रस्ताव गरेको छ। कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ६३ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ। 

यस अघि  कम्पनीको  संचालन समितिको बैठकले आर्थिक वर्ष ७३/७४ को मुनाफाबाट ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ८९ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको थियो।  



Pages