अनलाईन प्रणाली कि अन्धकार प्रणाली ? - Lagani News

Latest

Post Top Ad

Sunday, November 11, 2018

अनलाईन प्रणाली कि अन्धकार प्रणाली ?


लगानीन्युज/काठमान्डौ: अनलाईन कारोवार प्रणाली सुरुवात भएको दोश्रो दिन पनि धेरै नै त्रुटी देखापरेका छन्। अनलाईन कारोवार प्रणाली पश्चात किन बेच लगानीकर्ताले आफै गर्न पाउने व्यवस्था भएपनि नेपालमा भने अनलाईन कारोवार आए पछि लगानीकर्ताहरुको सुचनाको पहुँच सम्बन्धी अधिकार माथि नै प्रश्न चिन्ह उत्पन्न भएको छ।  

नेप्से परिसूचक कुन दिनको परिसूचकको आधारमा गणना भयो अझै स्पस्ट हुन सकिएको अवस्था छैन 
लगानीकर्ताले निकै नै हेर्ने गरेको नेप्से परिसूचक कुन दिनको आधारमा गणना भएको छ त्यो बिषय अझै पनि प्रस्ट भएको छैन। अनलाईन कारोवार प्रणाली आउनु एक दिन अघि सोमबार नेप्से परिसूचक १२१९ को विन्दुमा थियो।  त्यसपछि मंगलबार वेवसाईटमा नेप्से परिसूचक १२१८को विन्दु देखाएको थियो। आज भने नेप्से परिसूचक १६ दशमलव ७४ अंक घटेर १२०५ दशमलव ७९ को विन्दु देखाएको छ।  यसको अर्थ नेप्से परिसूचक मंगलबार १२२२ दशमलव ५३ अंकमा हुनु पर्ने थियो।  तर मंगलबार नेप्से परिसूचक १२१८ अंक देखाईएको थियो। यसरी नेप्से परिसूचकमै नेप्सेले लगानीकर्तालाई स्पस्ट पार्न नसकेको अवस्था छ। 

"मार्केट डेप्थ" मै ठुलो समस्या 
कारोवारको लागि मार्केट डेप्थ लगानीकर्तालाई निकै चाहिँने एक औजार हो  तर आज माक्रेट डेप्थ आउने जाने भएको थियो।  लगानीकर्ताले "माक्रेट डेप्थ" सजिलो हिसाबले हेर्न पाएको अवस्था थिएन।  माक्रेट डेप्थ सजिलै हेर्न नपाउँदा ब्रोकर कार्यालयमै  सम्पर्क गर्नु पर्ने  बाध्यता  थियो ।  "मार्केट डेप्थ" सजिलै हेर्न नपाउँदा लगानीकर्तालाई बजारको खरिद चाप र बिक्री चाप पत्तो लगाउन केही अप्ठेरो  परेको छ। 



जब जब "मार्केट डेप्थ" हेर्न मिल्थ्यो तब पनि मार्केट डेप्थमा ठुलै समस्या थियो।  धेरै कम्पनीको "माक्रेट डेप्थ हेर्दा खरिद गर्ने मूल्य भन्दा बिक्री गर्ने मूल्य थोरै थियो।  यसबाट अनलाईन प्रणालीमा अझै धेरै मिलाउन बाँकी छ भन्ने प्रस्ट हुन्छ।  यसरी लगानीकर्ताले पारदर्शी रुपमा बजार हेर्न नपाउँदा सामाजिक संजालमा लगानीकर्ताले चलखेलको आरोपपनि लगाउँदै आएको अवस्था छ।  





 बेला बेलामा नेप्से परिसूचक शुन्य देखिन्थ्यो :
नेप्सेको परिसूचक गणनाको विषय त धेरै परको कुरा नेपाल स्टकको आधिकारिक वेवसाईटमा समेत लगानीकर्ताले बेला बेलामा नेप्से परिसूचक शुन्य देख्नु परेको थियो। 
 


पहिलो दिन  समस्या थियो ४ दिन समय हुँदा पनि भएन समस्या समाधान :
नेपाल स्टक एक्सेञ्जले मंगलबार अर्थमन्त्रीको हातबाट नेप्से अनलाईन  कारोवारको सुरुवात गरेको थियो।  त्यो दिन निकै धेरै समस्या आएको  थियो।  त्यसपछि तिहारको बिदा पर्यो र नेप्सेलाई पुरै ४ दिन समय थियो।  तर पनि चार दिन सम्म समस्या समाधान गर्न नसक्नु नेप्से र नेप्सको आईटी टीमको ठुलो कमजोरी हो। 

कारोवार रकम ९ करोड मात्रै ?
अनलाईन कारोवार पछि शेयर बजारको पहुँच वृद्धि हुनु स्वाभाविक हो तर नेप्सेको लापरवाहीको कारणले गर्दा उल्टो शेयर बजारमा कारोवार कम भएको छ। लगानीकर्तालाई अहिलेको अनलाईन  प्रणालीमा कुनै विश्वास लागेको छैन।  त्यसैले हेर्नुस त कारोवार रकम ९ करोडमा सिमित भएको।  

आणविक हतियारहरूको राम्रो उपयोग गरियो भने त्यसबाट शक्ति निकाल्न सकिन्छ तर त्यसैलाई गलत प्रयोग गरियो भने त्यसबाट "नागासाकी "र हिरोसिमा" जस्तै मानव जगतलाई नकारात्मक असर पुर्याउने काम गर्छ ।  प्रविद्धि  भित्राउनु निकै राम्रो कुरा हो तर त्यसको सही उपयोग हुनु पर्दछ नभए त्यसले नराम्रो अवस्थामा पुर्याउछ।  यसरी पारदर्शी रुपमा शेयर कारोवार नहुँदा शेयर शेयर बजारमा चलखेल हुने धेरै नै ठाउँ हुन्छन।  पहुँच हुनेले राम्रै चलखेल गर्ने सम्भावना हुन्छ। 

Post Bottom Ad

Pages