नेशनल लाईफको शेयर लिलामीबाट लिने अवसर ; कार्तिक २६ गते सम्म म्याद - Lagani News

Latest


Post Top Ad

Friday, November 2, 2018

नेशनल लाईफको शेयर लिलामीबाट लिने अवसर ; कार्तिक २६ गते सम्म म्याद


लगानीन्युज/काठमान्डौ: नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको दुई लाख ७८ हजार ११९ कित्ता शेयर कार्तिक १५ गते देखि कार्तिक २६ गतेसम्म लिलामी मार्फत बिक्रीमा आएको छ। कम्पनीले ६० प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

शिलबन्दी बोलपत्र आवेदन फाराम एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा त्यस्तै नेपाल इन्भेष्टमेट बैंक लिमिटेडको शाखा कार्यालय सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढीबाट उपलब्ध गराइएको छ ।

दोश्रो बजारमा कम्पनीको शेयर प्रति कित्ता ७०० रुपैया छ। हकप्रद शेयर बिक्री पश्चात कम्पनीको पुँजी २ अर्ब ६४ करोड पुग्ने छ।




Pages