लगानीन्युज/काठमान्डौ: आज साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ८ दशमलव ३६ अंकले घटेको छ। आज दोश्रो बजारको परिसुचक ० दशमलव ७० प्रतिशतले घटेको छ।
आज बजार बन्द हुने बेला अर्थात २:४५ बाट निरन्तर जस्तो घटेको थियो। आज बजार दिन भरमा ११८१ दशमलव ८४ को न्यून विन्दु सम्म पुगेकोमा बजार बन्द हुँदा त्यही विन्दुमा बन्द भएको छ । आज १७ करोड ४९ लाख बराबरको शेयर किनबेच भयो।
बजार "इन्ट्राडे लो " मा बन्द हुनुले बजारमा बिक्री चाप राम्रै देखिएको छ। यस्तो प्रवित्ति त्यति सकारात्मक मानिदैन।
आज उत्पादन मुलक कम्पनीहरुको उपसुचक मात्र वृद्धि भएको छ। आज सबै भन्दा धेरै नेपाल बैंकको शेयर किन बेच भएको छ। नेपाल बैंकको २ करोड ३७ लाख बराबरको शेयर किन बेच भयो।