अझै ८ अर्ब पुँजीको लक्ष्य हासिल गर्न नसकेका वाणिज्य बैंक - Lagani News

Post Top Ad

Monday, November 26, 2018

अझै ८ अर्ब पुँजीको लक्ष्य हासिल गर्न नसकेका वाणिज्य बैंक



लगानीन्युज /काठमान्डौ :रास्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकको न्युनतम  चुक्ता पुँजी ८ अर्ब तोकेको  थियो।  रास्ट्र बैंकको यही नियम अनुरुप ३ वटा वाणिज्य बैंक बाहेक सबैले न्युनतम चुक्ता पुँजी हासिल गरिसकेको अवस्था छ।

अझै पनि ८ अर्ब चुक्ता पुँजीको लक्ष्य हासिल नगर्नेमा नेपाल क्रेडिट एण्ड  कमर्सियल बैंक (NCCB ), बैंक अफ काठमान्डौ (BOK), र कुमारी बैंक (KBL) रहेका छन्।

एनसिसि बैंकले कम्पनीको पुँजी १४ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ। त्यस्तै बैंक अफ काठमान्डौ  र कुमारी बैंकलेपनि आफ्नो पुँजी क्रमस १३ प्रतिशत र १२ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने छ।  
  
नोट :चुक्ता पुँजी गणना गर्दा बुक क्लोज पछी कायम चुक्ता पुँजी लागिएको हो 

२०७५ , मंसिर ११ गते प्रकाशित  

Pages