लगानीन्युज/काठमान्डौ: निर्धन उत्थान लघुवित्तले २२ दशमलव ११ प्रतिशत नगद लाभांश तथा २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दै बार्षिक साधारण सभा आह्वान गरेको मा आज उक्त २० प्रतिशत बोनस शेयरका लागि कम्पनीको दोश्रो बजारमा मूल्य समायोजन भएको छ। समायोजन पछि कम्पनीको मूल्य ७९१ दशमलव ७४ रहेको छ।