नेप्से तिन बर्ष यताकै न्यून, परिसुचक १० दशमलव ३७ अंकले घट्यो - Lagani News

Latest


Post Top Ad

Thursday, November 29, 2018

नेप्से तिन बर्ष यताकै न्यून, परिसुचक १० दशमलव ३७ अंकले घट्यो



लगानीन्युज/काठमान्डौ: आज  बिहीबार को  दिन नेप्से परिसुचक १० दशमलव ३७  अंकले घटेर ११४८ दशमलव १३  को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ८९  प्रतिशतले घटेको छ। आज दिन भरमा ३२  करोड २९  लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम पनि  हिजो को भन्दा घटेको छ।

आज बजार ११५९ दशमलव ०८ को विन्दुमा खुलेको बजार ११६० दशमलव ४२  अंक को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११४८ दशमलव १३  रहेकोमा बजार त्यो भन्दा माथि ११४८  दशमलव ७०  को विन्दुमा बन्द भएको छ।


आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ५  करोड १९  लाख बराबरको शेयर किनबेच भयो।   छ्याङ्दी हाइड्रोको  को मूल्य सबै भन्दा धेरै ३ दशमलव ८८  प्रतिशतले वृद्धि भयो भने आइएमई जनरल इन्स्योरेन्सकोको शेयर मुल्य सर्वाधिक ५ दशमलव ८५  प्रतिशतले घटेको छ।





नेप्से तिन बर्ष यताकै न्यून, परिसुचक १० दशमलव ३७ अंकले घट्यो

Pages