लगानीन्युज/काठमाडौँ : मंसिर २३ गते देखि शत प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको नाडेप लघुवित्तको मूल्य समायोजन भएको छ। कम्पनीको समायोजित मूल्य ७२६ रुपैया १९ पैसा रहेको छ।
कम्पनीको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ । मंसिर २३ गते देखि पुस २९ गतेसम्म हकप्रद बिक्री खुल्ला हुने छ ।