नेप्से परिसूचक ५ दशमलव ९० अंकले घट्दा, २१ करोड २९ लाखको कारोबार - Lagani News

Latest


Post Top Ad

Monday, November 19, 2018

नेप्से परिसूचक ५ दशमलव ९० अंकले घट्दा, २१ करोड २९ लाखको कारोबार





लगानीन्युज/काठमान्डौ : आज साताको दोश्रो  दिन नेप्से परिसुचक ५ दशमलव ९० अंकले घटेर ११८९  दशमलव ५६  को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ४९ प्रतिशतले घटेको छ। आज दिन भरमा २१ करोड  २९ लाख बराबरको शेयर किनबेच भएको छ।

आज बजार ११९४ दशमलव ८७ को विन्दुमा खुलेकोमा बजार ११९६ दशमलव १५ अंक को बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११८७ दशमलव ९६ रहेकोमा बजार त्यो भन्दा अलिकता माथि ११८९  दशमलव ५६ को विन्दुमा बन्द भएको छ।  यसको मतलव बजारमा आज बिक्री कर्ता नै हावी देखिए।  

आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ३ करोड ३ लाख बराबरको शेयर किनबेच भयो।  

आज मेरो माईक्रोफाईनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३ दशमलव ७० प्रतिशतले वृद्धि भयो भने एभरेस्ट  इन्स्योरेन्सको  शेयर मुल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। 

आज "अन्य" र "फाईनान्स"  उपसुचक बाहेक सबै उपसुचकमा गिरावट देखिएको छ। सबै भन्दा धेरै हाईड्रो पावरको उपसुचकमा  गिरावट देखियो। 

Pages