लगानीन्युज/काठमान्डौ : सानिमा बैंकले आफ्नो वार्षिक साधारण सभा यही मंसिर २७ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १४ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १४ गते बुक क्लोज मिति तय गरेको छ। मंसिर १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।