आमरण अनशनको दोश्रो दिन; बोर्डले खोल्यो मुख ! के भन्छन अनशनकर्ता ? - Lagani News

Latest


Post Top Ad

Tuesday, December 18, 2018

आमरण अनशनको दोश्रो दिन; बोर्डले खोल्यो मुख ! के भन्छन अनशनकर्ता ?


लगानीन्युज/काठमान्डौ:शेयर लगानीकर्ता दबाब समूहको आमरण अनशन आज दोस्रो दिन पनि कायम रहेको छ। हरि ढकाल र तिलक कोइराला आमरण अनशनमा बसेका छन् भने लगानीकर्ताले अनशन स्थान (नेप्से गेट)मा आएर अनशनलाई साथ दिँदै आएका छन्।
जसले हामीलाई विरोध गर्नु भएको छ, शेयरको मूल्य वृद्धि गर्न अनशन बस्नु भएको आरोप लगाउनु भएको छ,  वास्तवमा उहाँहरुको लागिपनि हामी लडिरहेका छौ।

दबाब समूहले सोमबारबाट आमरण अनशन सुरु गरेसँगै शेयर कारोबार बन्दको कार्यक्रम  सार्वजनिक गरेको थियो।  सरकार दमनमा उत्रिएर शेयर दलालहरुलाई परिचालन गरी अप्रिय घटना गराउने षडयन्त्रमा लागेको भन्दै समूहले लगानीकर्ताको हितमा कारोबार बन्दको कार्यक्रम भने फिर्दा लिएको छ।  आज बन्दको कार्यक्रम फिर्ता लिए सँगै शेयर कारोबार ५० करोड नाघेको छ। 

नेपाल धितोपत्र बोर्डले लागानिकर्ताले पुँजिबजारको सुधारको लागि राखेको मागहरू र दोस्रो बजारको कारोबार रोक्ने अबाञ्छित स्थितिप्रति बोडको ध्यानाकर्षण भएको बताएको छ ।  बोर्डले सोमबार एक विज्ञप्ति जारी गदै पुँजी बजारमा देखिएका समस्या समाधान गर्न उच्च स्तरीय समिति गठन भएको र चाडै नै समस्या समाधान हुने भन्दै लगानिकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ ।

आमरण अनशनको आज दोस्रो दिन पुग्दा समेत सम्पूर्ण लगानीकर्ताहरुको एउटै धार हुन सकेको छैन। यसै विषयमा आमरण अनशनमा सक्रिय लगानीकर्ता तिलक कोइरालासँग लगानी न्युजले कुराकानी गरेको थियो। तिलक कोइराला भन्छन " लगानीकर्ताहरुमा एकता नदेखिनुको मुख्य कारण स्वार्थ बाझिएकोले पनि हो र कतिपय लगानीकर्ताहरु अझै दुबिधामा छन । "

तपाईँहरूको आन्दोलनमा साथ नदिने लगानीकर्तालाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्नमा  तिलक कोइराला भन्छन " वास्तवमा जसले हामीलाई साथ सहयोग गर्नु भएको छ, सहभागिताका जनाउनु भएको छ, उहाँहरु प्रति हामी आभार व्यक्त गर्दछौ, नमन गर्दछौ। जसले हामीलाई विरोध गर्नु भएको छ, शेयरको मूल्य वृद्धि गर्न अनशन बस्नु भएको आरोप लगाउनु भएको छ,  वास्तवमा उहाँहरुको लागिपनि हामी लडिरहेका छौ।  शेयर बजारको  विकास भयो भने त्यसको लाभ सबैले पाउने छन्।  जसले अहिले विरोध गर्नु भएको छ उहाँहरुले पनि लाभ पाउनु हुने छ, भोलिका सन्ततिले पनि लाभ पाउने छन्।   भविष्यमा लगानीकर्ताहरुले आन्दोलन गर्नु नपरोस  भनेर हामी अहिले लागि परेका छौ। 
  







Pages