"लगानीकर्ता साथीहरूको माग छिटो सम्बोधन गरियोस" राधा पोखरेल - Lagani News

Latest


Post Top Ad

Wednesday, December 19, 2018

"लगानीकर्ता साथीहरूको माग छिटो सम्बोधन गरियोस" राधा पोखरेल


लगानीन्युज/काठमान्डौ: नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललाई शेयर लगानीकर्ता दबाब समूहको आन्दोलनमा साथ नदिएको आरोप लाग्दै आएको छ। राधा पोखरेलले लगानीकर्ताको माग भन्दा पनि धेरै राजनीति गरेको आरोप लाग्दै आएको छ। यही विषयमा लगानीन्युजले अध्यक्ष राधा पोखरेल संग प्रश्न गरेको थियो। अध्यक्ष राधा पोखरेलको उत्तर यस्तो थियो :

"मैले अनसनको दोश्रो दिन नै अर्थमन्त्रीको राजीनामा बाहेक अन्य सबै मागहरूमा विज्ञप्ति निकालेर समर्थन जनाइसकेको कुरा सबैलाई थाहा नै छ । मागहरू कसैको मात्र पेवा त पक्कै हैन ? मैले एक्यबद्धता जनाएको कुनै व्यक्ति वा संस्थालाई हैन, सार्वजनिक हितको साझा मागलाई हो। 

सम्पूर्ण लगानीकर्ताको जायज माग, साझा माग सम्बोधन हुनै पर्छ भनेर म वार्ताकै बिच दबाब समूहले उठाएको अर्थमन्त्रीको राजीनामा बाहेकको सम्पूर्ण माग पुरा हुनै पर्छ भनेर उक्त कार्यक्रममा पुगेँको थिए । टाउकोमा कालो पट्टीका साथ आफ्नो कुरा राखेँ। अहिलेपनि सार्वजनिक हितको मुद्दामा सबैले आ-आफ्नो ठाउँबाट दबाब कायमनै राखेको छौ। 

१० वर्षेज जनयुद्धपनि वार्ताबाट नै  निष्कर्षमा पुगेको  थियो त्यसलाई मध्यनजर गर्दै सार्वजनिक हितकै मुद्दा लिएर म हाम्रो संस्थाबाट प्रतिनिधित्व गर्दै छलफल समितिमा सहभागिता जनाउँदै थिएँ। लगानीकर्ताको अनसन अगावै सरकारले समस्या समाधानको लागी भनेर एउटा समिति गठन गर्‍यो जुन समितिमा नेपाल पुँजी बजार लगानी कर्ता सङ्घलाई लगानीकर्ताको तर्फबाट समावेश गराइएको थियो। यसले गर्दा अलिकति मेरो विरुद्ध लगानीकर्ता साथीहरूमा भ्रम फैलाउने चेष्टा गरिदैछ। वार्ताको क्रममा ब्याक्तिगत पूर्वाग्रह राख्नुभएका केही व्यक्तिहरुले म प्रति हिंसात्मक व्यवहार पनि देखाउनु भयो।

म फेरी भन्छु हाम्रो संघबाट अर्थमन्त्रीको राजीनामा बाहेक अन्य सबै कुरामा समर्थन छ र सधै रहिरहनेछ। 

त्यस्तै हाम्रो सङ्घका सदस्यहरूले हाल भैरहेको आन्दोलनमा खुला रुपमा नै पुरै समर्थन गरेको कुरा सबैलाई थाहा नै छ। हाम्रा संघका सदस्यहरुले समर्थन  गर्नु भनेको मैले नै गर्नु सरह होइन र ?

लगानीकर्ता साथीहरू अनसनमा हुनुहुन्छ, उहाँहरूलाई यथासक्य छिटो सम्बोधन गरियोस् भनेर मौखिक रूपमा मात्र नभई आफ्नो माग सँगै लिखित रूपमै सुझाव पेस गर्ने राधा पोखरेल र नेपाल पुँजी बजार लगानी कर्ता सङ्घ नै हो भन्ने कुरा पुन जानकारी गराउँछु। यदि मेरो समर्थन छैन भने मैले यो कुरा किन राख्नु पर्थ्यौ र होइन र ?

Pages