साताको पहिलो दिन "इण्ट्राडे हाई" नजिकै बजार बन्द; दोश्रो बजारमा छायो हरियाली - Lagani News

Latest


Post Top Ad

Sunday, December 16, 2018

साताको पहिलो दिन "इण्ट्राडे हाई" नजिकै बजार बन्द; दोश्रो बजारमा छायो हरियाली



लगानीन्युज/काठमान्डौ:आज साताको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८९ अंकले वृद्धि भएर ११६७ दशमलव ६७ अंकमा बन्द भएको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ। 

आजको बजारको उच्च विन्दु ११६८ दशमलव ६५ रहेकोमा बजार त्यो भन्दा अलिक मुनि ११६७ दशमलव ६७ को विन्दुमा बन्द भएको छ।  

आज बजार खुले बाटनै निरन्तर बढेको थियो।  आज ४७ करोड ४२ लाख बराबरको शेयर किनबेच भएको थियो।  
आज सबै भन्दा धेरै मिर्मिरे लाघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भयो भने रैराङ्ग हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ४ दशमलव ४६ प्रतिशतले घट्यो। 

आज छिमेक लघुवित्तको सर्वाधिक ५ करोड ७७ लाखको शेयर कारोवार भयो। राज्य दिन प्रतिदिन पुँजी बजार प्रति सकारात्मक हुँदा लगानीकर्ताहरुको मनोबल बलियो हुँदै गएको प्रस्ट देखिन्छ।  




Pages