शेयर लगानीकर्ता दबाब समूहको आमरण अनशन सुरु - Lagani News

Latest


Post Top Ad

Sunday, December 16, 2018

शेयर लगानीकर्ता दबाब समूहको आमरण अनशन सुरु


लगानीन्युज/काठमान्डौ:शेयर लगानीकर्ता दवाव समुहले आजबाट आमरण अनसन सुरु गरेको छ। लगानीकर्ता दवाव समुहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइराला आमरण अनशनमा बसेका छन्। 

दबाब समूहले मंसिर १४ गते धितोपत्र बोर्डमा पशे गरिएको र पछि थप भएका मागहरु सम्बोधन गर्नुको स्ट्टा अर्थ मन्त्रालयले षडयन्त्र गरेकाले पूँजी बजार सुधार र बिस्तारका लागि कडा रुपमा प्रस्तुत हुँदै आमरण अनशन र बजार बन्दको कार्यक्रम ल्याएको हो ।

समूहले धितोपत्र बोर्ड, नेप्से, स्टक ब्रोकर एशोसियशन, सीडीएससी शेयर दलालहरु लगायत सम्बद्ध निकायमा पत्र पठाएर सोमबारदेखि लगानीकर्ताले स्वतःस्फुर्त रुपमा शेयर कारोबार बन्द गर्ने कार्यक्रममा सहयोग गर्न आग्रह गरेको छ । सो क्रममा कुनै जोर जबरजस्ति भएर अप्रिय घटना भएमा समूह जिम्मेवार नहुने कुरा पनि स्पष्ट गरेको छ ।

Pages