लगानीन्युज/काठमान्डौ:पूंजी बजारको विकास र विस्तारको लागि शेयर लगानीकर्ता दवाव समुहले राखेका माग राज्य पक्षले ध्यान नदिएको भन्दै सोमबार बाट हरि ढकाल र तिलक कोईराला आमरन अनशनमा बसेका छन ।
आईतवारसम्म रिले अनशनबाट राज्यलाई पूंजी बजार विकासको लागि दवाव दिदै आएका लगानीकर्ताले आज बाट भने आमरन अनशन बसेका छन । पुषको चिसो मौसम त्यही माथी ५ मिटर परको गनाउने टुकुचा खोला, प्रदुषणले दिउँसो नै हिड्न गाह्रो हुने सो बाटोमा रातको समयमा बस्नु निकै कष्टकर नै देखिन्छ ।
रात भएपनि अरु लगानीकर्ताहरुले पनि अनशन स्थानमा बसेर साथ दिएको कुराको जानकारी शेयर लगानीकर्ता दवाव समूहको तर्फ बाट नयन बास्तोलाले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो ।
रात भएपनि अरु लगानीकर्ताहरुले पनि अनशन स्थानमा बसेर साथ दिएको कुराको जानकारी शेयर लगानीकर्ता दवाव समूहको तर्फ बाट नयन बास्तोलाले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो ।
दबाब समूहको मागहरु सम्बोधन गर्नुको सट्टा अर्थ मन्त्रालयले षडयन्त्र गरेकाले पूँजी बजार सुधार र बिस्तारका लागि कडा रुपमा प्रस्तुत हुँदै आमरण अनशन र बजार बन्दको कार्यक्रम ल्याएको हो ।
दबाब समूहले सात दिनदेखि नेप्सेको कार्यालयमा राखेको रिले अनशनलाई सरकारले वेवास्ता गर्नुका साथै उच्चस्तरीय अध्ययन समितिको नाममा समूहका सदस्यहरुलाई झुक्याउने काम भएको भन्दै सोमबारबाट आमरण अनसन सुरु गरेको हो ।