लगानीन्युज/काठमान्डौ : चिलिमे जलविद्युत कम्पनीले आफ्नो २२ औ वार्षिक साधारण सभा यही पुस २७ गते गर्ने भएको छ। कम्पनीले साधारण सभामा २० प्रतिशत बोनस तथा ५ प्रतिशत नगदको प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १९ गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।