दोश्रो बजार १७ दशमलव ४७ अंकले घट्दा , ४५ करोडको कारोवार - Lagani News

Latest


Post Top Ad

Sunday, December 2, 2018

दोश्रो बजार १७ दशमलव ४७ अंकले घट्दा , ४५ करोडको कारोवार


लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो  दिन नेप्से परिसुचक १७  दशमलव ४७   अंकले घटेर ११३०  दशमलव ६३  को विन्दुमा पुगेको छ। परिसुचक आज १  दशमलव ५४ प्रतिशतले घटेको छ। आज दिन भरमा ४५ करोड ४६  लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने अन्तिम दिन  को कारोबार भन्दा बढेको छ।

आज बजार ११४८ दशमलव ३६  को विन्दुमा खुलेको बजार ११४८  दशमलव ७०  अंक को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११२९  दशमलव ८९ रहेकोमा बजार त्यो भन्दा माथि ११३० दशमलव ६३  को विन्दुमा बन्द भएको छ।


आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ७  करोड १९  लाख बराबरको शेयर किनबेच भयो।  विजय लघुवित्तको मूल्य सबै भन्दा धेरै ८  दशमलव ४९ प्रतिशतले वृद्धि भयो भने लुम्बिनी जनरल इन्स्योरेन्स को  शेयर मुल्य सर्वाधिक ७  दशमलव ७९  प्रतिशतले घटेको छ।

आज ट्रेडिङ्ग उपसुचक बाहेक सबै उपसुचकमा गिरावट देखिएको छ।


Pages