उतार चडाब को बीच करेक्शन भयो दोश्रो बजार - Lagani News

Latest


Post Top Ad

Monday, December 24, 2018

उतार चडाब को बीच करेक्शन भयो दोश्रो बजार


लगानीन्युज/काठमान्डौ:

आज नेप्से परिसुचक ६ दशमलव ४५ अंकले घटेर ११९१ दशमलव ७४ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ५४ प्रतिशतले घटेको छ। आज दिन भरमा ७९ करोड ८७ लाख बराबरको शेयर किनबेच भएको छ।








आज बजार ११९८ दशमलव १८ को विन्दुमा खुलेको मा १२०७ दशमलव ७७ को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११९० दशमलव ८६ रहेकोमा बजार त्यो भन्दा माथि ११९१ दशमलव ७४ को विन्दु मा बन्द भयको छ






। आज सबै भन्दा धेरै एनएमबि बैंक को ९ करोड ९५ लाख बराबरको शेयर किनबेच भयो । एनएमबि बैंक ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश पुस १० गते भोलि बुकक्लोज गर्ने भएकाले आज सम्म कायम शेयरधनीले मात्र पाउने भएकोले कारोबार मा चाप देखिएको हो।




ग्लोबल आईएमई लघुवित्त को शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ९३ प्रतिशतले वृद्धि भयो , हिजो मात्र लघुवित्तको १५ प्रतिशत बोनस शेयरको मूल्य समायोजन रु एक हजार एक सय चार मा भएको थियो । विशालबजार कम्पनी को शेयर मुल्य भने सर्वाधिक ७ दशमलव ६७ प्रतिशतले घटेको छ।

Pages