लगानीन्युज/काठमान्डौ: आज साताको दोश्रो दिन नेप्से परिसुचक ० दशमलव ९० अंकले बढेर ११३१ दशमलव ७३ को विन्दुमा पुगेको छ। परिसुचक आज० दशमलव ०८ प्रतिशतले बढेको छ। आज दिन भरमा ६३ करोड ७९ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने अन्तिम दिन को कारोबार भन्दा बढेको छ।आज बजार ११४४ दशमलव ०० को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११२८ दशमलव ९१ रहेकोमा बजार त्यो भन्दा माथि ११३१ दशमलव ७३ को विन्दुमा बन्द भएको छ।
आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ३१ करोड ९९ लाख बराबरको शेयर किनबेच भयो। विजय लघुवित्तको मूल्य सबै भन्दा धेरै ६ दशमलव ६० प्रतिशतले वृद्धि भयो भने रैराङ हाइड्रो पावर को शेयर मुल्य सर्वाधिक ५ दशमलव ५० प्रतिशतले घटेको छ।