नेप्से घट्दा कारोबार रकम पनि घट्यो - Lagani News

Post Top Ad

Sunday, December 30, 2018

नेप्से घट्दा कारोबार रकम पनि घट्यो



लगानीन्युज/काठमान्डौ:आज नेप्से परिसुचक १० दशमलव ६२ अंकले घटेर १२०४ दशमलव ५४ को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ८७ प्रतिशतले घटेको छ। आज दिन भरमा ४५ करोड ४२ लाख बराबर को कारोबार भयो ।  आज बजार १२१५ दशमलव १६ को विन्दुमा खुलेकोमा १२१९ दशमलव २९ को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु १२०४ दशमलव ०६ रहेकोमा बजार त्यो भन्दा माथि १२०४ दशमलव ५४ को विन्दु मा बन्द भयको छ। आज सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी को ३ करोड ८४ लाख बराबरको शेयर किनबेच भयो ।


मल्टीपर्पस फाइनान्स को शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ४३ प्रतिशतले वृद्धि भयो ।त्यसैगरि काबेली विकास बैंक को शेयर मुल्य भने सर्वाधिक ९ दशमलव ४४ प्रतिशतले घटेको छ । काबेली विकास बैंकको आज मात्र ३५  प्रतिशत बोनस पश्चात प्रतिकित्ता २४० रुपैयाँ ७४ पैसामा शेयरमूल्य समायोजन भएको हो।नेप्से को अनुसार यस विकास बैंकको औसत आधार मूल्य ३६१ रुपैयाँ ८७ पैसा रहेको  छ ।







Pages