बजार "इण्ट्राडे लो "मा बन्द , किन खस्कियो लगानीकर्ताको आत्मबल ? - Lagani News

Latest


Post Top Ad

Monday, December 31, 2018

बजार "इण्ट्राडे लो "मा बन्द , किन खस्कियो लगानीकर्ताको आत्मबल ?


लगानीन्युज/काठमान्डौ: नेपाल रास्ट्र बैंकले पुँजी बजारलाई सकारात्मक सम्बोधन गरे संगै र राज्य पनि पुँजी बजार प्रति सकारात्मक भैसकेको अवस्थामा पनि लगानीकर्ताको आत्मबल बढ्न ढलमल गरेको अवस्था छ। 

आज साताको दोश्रो दिन नेप्से परिसुचक १७ दशमलव २६ अंकले घटेर ११८७ दशमलव २८ को विन्दुमा पुगेको छ। परिसुचक आज १ दशमलव ४३ प्रतिशतले घटेको छ। आज दिन भरमा ४० करोड बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम पनि अघिल्लो दिन को कारोबार भन्दा घटेको छ। आज बजार १२०४ दशमलव ५४ को अंकमा कारोबार सुचारु भएको मा बजार उच्च बिन्दु १२०७ दशमलव २५ अंक सम्म पुगेको थियो। आज बजार ११८७ दशमलव २८ को तल्लो बिन्दु सम्म पुगेको मा बजार त्यही विन्दु अर्थात ११८७ दशमलव २८ को विन्दुमा बन्द भएको छ। बजार इण्ट्राडे लो मा बन्द हुनु भनेको अन्तिम समयमा बजारमा बिक्रि कर्ता हावी भएको प्रस्ट हुन्छ।



आज सबै भन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स को शेयर किनबेच भयो।इन्स्योरेन्स को २ करोड ८८ लाख बराबरको शेयर किनबेच भएको छ । जेबिल्स फाइनान्स को मूल्य सबै भन्दा धेरै ४दशमलव ९० प्रतिशतले वृद्धि भयो।


महिला सहयात्रा माइक्रोफाइनान्स को शेयर मुल्य सर्वाधिक ८ दशमलव २४ प्रतिशतले घटेको छ।आज महिला सहयात्रा माइक्रोफाइनान्स को ८ प्रतिशत नगद लाभांश लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। आज त्यसैगरि पूर्णिमा विकास बैंकको औसत आधार मूल्य २२६ रुपैयाँ ५२ पैसा मानेर ५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५९ रुपैयाँ ०५ पैसामा शेयरमूल्य समायोजन भएको हो। 

Pages