बजार "इण्ट्राडे हाई"मा बन्द - Lagani News

Post Top Ad

Tuesday, December 4, 2018

बजार "इण्ट्राडे हाई"मा बन्द


लगानीन्युज/काठमान्डौ: आज साताको तेस्रो दिन नेप्से परिसुचक १० दशमलव २७ अंकले बढेर ११४२ दशमलव ०१  को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ९१  प्रतिशतले बढेको छ। 

आज दिन भरमा ३८ करोड २६  लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने अघिल्लो  दिन को कारोबार भन्दा घटेको  छ। आज  बजार ११४२ दशमलव ०१ को उच्च बिन्दु सम्म पुगेको मा बजार त्यही विन्दु अर्थात  ११४२  दशमलव ०१  को विन्दुमा बन्द भएको छ। बजार इण्ट्राडे हाईमा बन्द हुनु भनेको अन्तिम समयमा बजारमा खरिद कर्ता हावी भएको प्रस्ट हुन्छ।  बजारको आजको न्यून विन्दु ११३१  दशमलव ०२  रहेको छ। 

आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ११ करोड ४२ लाख बराबरको शेयर किनबेच भएको छ । लक्ष्मी लघुवित्तको मूल्य सबै भन्दा धेरै ९ दशमलव ९७ प्रतिशतले वृद्धि भयो भने महिला सहयात्रा माईक्रोफाइनान्स  को  शेयर मुल्य सर्वाधिक ९  दशमलव ९१  प्रतिशतले घटेको छ।

Pages