
लगानीन्युज/काठमान्डौ: आज साताको चौथो दिन नेप्से परिसुचक २२ दशमलव ८० अंकले घटेर १११८ दशमलव १९ को विन्दुमा पुगेको छ। परिसुचक आज २ प्रतिशतले घटेको छ।
नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णय गरे संगै बैंकहरुले मुद्दती निक्षेपमा धेरै ब्याज स्किम ल्याउँदा त्यसको असरले लगानिकर्ताहरु को आत्मबल घटेको जानकारहरु बताउछन्।
आज दिन भरमा ३७ करोड ७२ लाख बराबरको शेयर किनबेच भएको छ। आज बजार ११४२ दशमलव ०१ को उच्च बिन्दुमा कारोबार सुरु भएकोमा बजार त्यही विन्दु अर्थात ११४२ दशमलव ०६ को विन्दु माथि जान सकेन । आज बजारमा बिक्रि कर्ता हावी भएको प्रस्ट हुन्छ। बजारको आजको न्यून विन्दु १११७ दशमलव ४० रहेको छ।
नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णय गरे संगै बैंकहरुले मुद्दती निक्षेपमा धेरै ब्याज स्किम ल्याउँदा त्यसको असरले लगानिकर्ताहरु को आत्मबल घटेको जानकारहरु बताउछन्।
व्याज दर र शेयर बजारको जहिले नकारात्मक सम्बन्ध हुन्छ। आगामी दिनमा अरु बैंकहरुले १२ दशमलव ५ प्रतिशत भन्दा धेरै मुद्दती योजना ल्याउने हुन् की भन्ने डर आज धेरै लगानीकर्ताको मनम पलाएको छ।
आज दुई बैंकको भन्दा अरु बैंकले आगामी दिनमा धेरैको स्किम ल्याएको अवस्थामा बजारलाई थप चाप पर्ने देखिन्छ।
आज सबै भन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ३ करोड ५४ लाख बराबरको शेयर किनबेच भएको छ ।
आज सबै भन्दा धेरै हाथवे फाइनान्स कम्पनीको शेयर मूल्य ५ दशमलव ७७ प्रतिशतले वृद्धि भयो भने राधी विद्युत कम्पनी को शेयर मुल्य सर्वाधिक ६ दशमलव ८९ प्रतिशतले घटेको छ।