लगानीन्युज/काठमान्डौ : गुडविल फाईनान्स को सञ्चालक समितिको पुस ११ गते बसेको ३२४ औं बैठकले चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशतले हुन आउने ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ १६ पैसा लाभांश दिने प्रस्ताब गरेको छ।
प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।
फाईनान्सले आघिल्लो वर्ष ६ करोड ५४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको लाभांश प्रस्ताब पहिलो वर्ष को भन्दा घटेको छ, अघिल्लो आर्थिक वर्षमा शेयरधनीलाई १० दशमलव १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ५३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।