पौष १७ देखि आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद शेयर - Lagani News

Post Top Ad

Friday, December 14, 2018

पौष १७ देखि आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद शेयर


लगानीन्युज/काठमान्डौ:आइएमई जनरल इन्स्योरेन्सले पौष  १७ गते देखि  ८० प्रतिशत हकप्रद शेयर निष्काशन  गर्ने भएको छ  । मंसिर ६ गतेसम्म कायम शेयरधनीले  १० बराबर ८ अनुपातमा हकप्रद शेयर खरिद गर्न पाउनेछन ।

कम्पनीको हाल चुक्ता पूँजी ५४ करोड रुपैयाँ छ । ८० प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ । बिमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीको पुँजी १ अर्ब हुनु पर्छ।  हकप्रद पछी पनि कम्पनीले ३ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्नु पर्ने देखिन्छ।

हकप्रद शेयर भर्ने अन्तिम मिति माघ २१ गते रहेको छ। 



Pages