कुमारी बैंकले दिने भयो १३ प्रतिशत व्याज; दोश्रो बजारमा थप प्रेसर - Lagani News

Latest


Post Top Ad

Wednesday, December 5, 2018

कुमारी बैंकले दिने भयो १३ प्रतिशत व्याज; दोश्रो बजारमा थप प्रेसर

लगानीन्युज/काठमान्डौ:नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णय गरे संगै जनता बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२ दशमलव ५ प्रतिशत ब्याजको स्किम ल्याएको थियो । यी दुई बैंकलाई पनि टक्कर दिदै कुमारी बैंकले १३ प्रतिशतको वार्षिक व्याज सहित मुद्दती योजना सार्वजनिक गरेको छ। न्युनतम १० हजार राखेर ३ वर्षे मुद्दती योजना सार्वजनिक गरेको छ। 

यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ "Don't Fight with Fed", अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन ।

शेयर बजार र ब्याज दरको जहिलेपनि नक्कारात्मक सम्बन्ध हुन्छ । उच्च ब्याज दरलाई कहिले पनि शेयर बजारले मन पराउँदैन , यो धुर्व सत्य कुरा हो ।






Pages