इन्भेस्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिदा नेप्से परिसूचक पनि दोहोरो अंकले बढ्यो - Lagani News

Post Top Ad

Monday, December 10, 2018

इन्भेस्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिदा नेप्से परिसूचक पनि दोहोरो अंकले बढ्यो

लगानीन्युज/काठमान्डौ: आज साताको दोश्रो दिन नेप्से परिसुचक १२ दशमलव ४९ अंकले बढेर ११४४ दशमलव १९  को विन्दुमा पुगेको छ। परिसुचक आज १ दशमलव १०  प्रतिशतले बढेको छ। आज दिन भरमा ४३ करोड ६७ लाख बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम अन्तिम दिन को कारोबार भन्दा बढेको छ।
आज  बजार ११४५  दशमलव ५६  को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११३१ दशमलव ४३ रहेको छ।


आज सबै भन्दा धेरै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकले १८ प्रतिशत बोनस शेयर र २२ नगद लाभांस प्रस्ताव गरे संगै लगानीकर्ताहरु उक्त शेयर प्रति आकर्षित भएका छन्। बैंकको ५ करोड ४८ लाख बराबरको शेयर किनबेच भयो। 
रैराङ हाइड्रो पावर  मूल्य सबै भन्दा धेरै ७ दशमलव ७७ प्रतिशतले वृद्धि भयो भने महिला सहयात्राको शेयर मुल्य सर्वाधिक ६  दशमलव ६१  प्रतिशतले घटेको छ।




Pages