नेप्से परिसुचक ५ दशमलव ४६ अंकले घट्दा ३८ करोड को कारोबार - Lagani News

Post Top Ad

Wednesday, December 19, 2018

नेप्से परिसुचक ५ दशमलव ४६ अंकले घट्दा ३८ करोड को कारोबार



लगानीन्युज/काठमान्डौ: आज  नेप्से परिसुचक ५ दशमलव ४६ अंकले घटेर ११६२ दशमलव ७० को विन्दुमा पुगेको छ। परिसुचक आज ० दशमलव ४७ प्रतिशतले घटेको छ। आज दिन भरमा ३८ करोड ७२ लाख बराबरको शेयर किनबेच भएको छ। आज  बजार ११६८ दशमलव १७ को विन्दुमा खुलेको मा ११७१ दशमलव ३० को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११५९  दशमलव १७  रहेकोमा बजार त्यो भन्दा माथि ११६२ दशमलव ७० को विन्दुमा बन्द भएको छ।


आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर किनबेच भयो। नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३  करोड ५२  लाख बराबरको शेयर किनबेच भयो । काबेली विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ९३ प्रतिशतले वृद्धि भयो भने ङादी ग्रुप पावरको शेयर मुल्य सर्वाधिक ७ दशमलव ३१  प्रतिशतले घटेको छ।

Pages