साताको दोश्रो दिन पनि बजार "इण्ट्राडे हाई" नजिकै बन्द; लगानीकर्ताको आत्मबल बढ्दै - Lagani News

Latest

Post Top Ad

Monday, December 17, 2018

साताको दोश्रो दिन पनि बजार "इण्ट्राडे हाई" नजिकै बन्द; लगानीकर्ताको आत्मबल बढ्दै



लगानीन्युज/काठमान्डौ:आज साताको दोश्रो दिन नेप्से परिसूचक १५ दशमलव १७  अंकले वृद्धि भएर ११८२ दशमलव ७८  अंकमा बन्द भएको छ। आज दोश्रो बजारको परिसूचक १ दशमलव ३०  प्रतिशतले वृद्धि भएको छ।

आजको बजारको उच्च विन्दु ११८२ दशमलव ८१ रहेकोमा बजार त्यो भन्दा अलिक मुनि ११८२ दशमलव ७८  को विन्दुमा बन्द भएको छ।   आज ४२  करोड ३  लाख बराबरको शेयर किनबेच भएको थियो।

आज सबै भन्दा धेरै मिर्मिरे लाघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले वृद्धि भयो भने कालिका हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ३  दशमलव ७३  प्रतिशतले घट्यो। आज छिमेक लघुवित्तको सर्वाधिक ४  करोड ८३  लाखको शेयर कारोवार भयो।

लगानीकर्ताहरु आफ्नो मागमा दिन रात आन्दोलन गर्दा र राज्यपनि पुँजी बजार प्रति दिन प्रतिदिन नरम हुँदा पुँजी बजारमा लगानीकर्ताको मनोबल वृद्धि हुँदै आएको छ।

धेरै कम्पनीले साधारण सभाको मिति तय गरेको र धेरै कम्पनीको बुक क्लोज मिति नजिकिदै जाँदा पुँजी बजारमा लगानीकर्ताहरु दिन दिनै उत्साहित हुँदै आएका छन्।

सुरुमा कारोवारमा केही अन्योल आए पनि अन्तिम समय तिर बजार र कारोवार रकम दुवैमा राम्रो वृद्धि देखिएको थियो।


Post Bottom Ad

Pages