नेपाल इन्भेस्टमेन्ट र नबिल मध्य कुन राम्रो ? हेरौ कम्पनी विस्लेषण - Lagani News

Latest


Post Top Ad

Monday, December 10, 2018

नेपाल इन्भेस्टमेन्ट र नबिल मध्य कुन राम्रो ? हेरौ कम्पनी विस्लेषण


सुनिल बराल : 
नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक दुवैले आर्थिक वर्ष ७४/७५को लाभांस प्रस्ताव गरेको अवस्था छ। नबिल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।  प्रस्तावित बोनस शेयर पश्चात नबिल बैंकको पुँजी ९ अर्ब पुग्ने छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको पुँजी १२ अर्ब ५६ करोड पुग्ने छ।

दुवै कम्पनीले साधारण सभा र बुक क्लोजको मिति भने तय नभएको अवस्था छ।

कम्पनीको प्रस्तावित लाभांस :

आर्थिक वर्ष ७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण अनुसार नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट  बैंक विच गरेको तुलानात्मक अध्ययन :
(रकम हजारमा) 
* २०७५ साल मंसिरको २४   गते सोमबारको  बजार मूल्य अनुसार 
* NFRS अनुसार 

चुक्ता पुँजीको आधारमा :
चुक्ता पुँजी नेपाल इन्भेस्टमेन्ट बैंकको धेरै छ। नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १० अर्ब ६४  करोड छ भने नबिल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड छ।  

जगेडा कोषमा इन्भेस्टमेन्ट बलियो: 
नेपाल इन्भेस्टमेन्ट बैंकको जगेडा कोषमा १५ अर्ब ६४ करोड रुपैया संचित छ भने नबिल बैंकको जगेडा कोषमा १३ अर्ब ७९ करोड रुपैया संचित छ।  

निक्षेप र कर्जामा नबिल बैंक अघि:
नबिल बैंकले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकले  १ खर्ब ४१ अर्ब  निक्षेप संकलन  गरी १  खर्ब २४ अर्ब कर्जा प्रवाह गरेको छ। 

आम्दानीमा इन्भेस्टमेन्ट राम्रो  :
आर्थिक वर्ष ७५ /७६ को प्रथम त्रैमास सम्म नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख खुद नाफा गरेको छ भने नबिल बैंकले १ अर्ब  ५  करोड २४  लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानीमा नबिल राम्रो :
नबिल बैंकको प्रति शेयर आम्दानी ५१ रुपैयाँ  ३६ पैसा छ भने नेपाल इन्भेस्टमेन्ट  बैंकको प्रति शेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा छ।
  
कुन सस्तो कुन महङ्गो ?
बुधबारको बजार मूल्य र प्रति शेयर आम्दानीलाई हेर्दा नबिलको मूल्य आम्दानी अनुपात १६ दशमलव ६५  गुणा छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको मूल्य आम्दानी अनुपात १६ दशमलव ३३  गुणा छ। पहिलो त्रैमासको मूल्य आम्दानी अनुपात र बजार मुल्यलाई हेर्दा समान जस्तै छन्।

निस्कर्ष:
पहिलो  त्रैमासको  वित्तिय विवरण अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात समान जस्तै छ तर आर्थिक वर्ष ७४/७५ को लाभांस हेर्दा भने नेपाल इन्भेस्टमेन्ट बैंकनै बलियो देखिन्छ। 

*नोट:उपलब्ध तथ्याङ्कमा आधारित यो विस्लेषण पूर्ण होइन। लगानीको निर्णय लग्नु अघि आफै पुन अनुसन्धान गर्नु होला। 

Pages