लगानीन्युज/काठमान्डौ :
नागबेली लघुवित्त ले कार्तिक २६ गते २५२ औ बैठक मा गरेको लाभांश मा संसाेधन गरेको छ। कम्पनी को संचालक समितिले सोचविचार गरेर निर्णय नगर्दा र आफैले प्रस्ताब गरेको लाभांश संसोधन गर्दा यसको असर कम्पनी को लाभांश देखेर लगानी गरेका लगानीकर्तामा परेको छ।
यस लघुवित्त को पौष ९ गते बसेको सञ्चालक समितिको २५४ औं बैठकले कार्तिक २६गतेको २५२औं बैठक ले शेयरधनीलाई प्रस्ताव गरेको लाभांश खारेज गर्दै १००% हकप्रद पश्चात कायम चुक्ता पूँजीको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश वितरण गर्न राष्ट्र बैंककाे स्वीकृतीका लागि पठाउने निर्णय गरेको छ ।शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी १५ करोड ३२ लाख ९९ हजार ४५९ रुपैयाँ पुग्ने छ ।
बोनुस को थप जानकारी को लागि क्लिक गर्नुहोस