लगानीकर्ता लाई राष्ट्र बैंक को अफर , दोहोरो अंक ले बजार बढ्दा कारोबार रकम पनि बढ्यो - Lagani News

Latest


Post Top Ad

Wednesday, December 26, 2018

लगानीकर्ता लाई राष्ट्र बैंक को अफर , दोहोरो अंक ले बजार बढ्दा कारोबार रकम पनि बढ्यो




सुनिल बराल /काठमान्डौ:  आज राष्ट्र बैंक ले  कार्यदलले बुझाएका धेरै जसो सुझाबहरु कार्यान्वयन गर्न दिएको निर्देशन सगै तेस्को सकारात्मक असर दोश्रो बजार मा परेको छ।

आज नेप्से परिसुचक ३० दशमलव २६ अंकले बढेर १२१६ दशमलव २७ को विन्दुमा पुगेको छ। परिसुचक आज २ दशमलव ५५ प्रतिशतले बढेको छ। दिन भरमा ६९ करोड २६ लाख बराबरको शेयर किनबेच भएको छ।
आज बजार ११८६ दशमलव ०३ को विन्दुमा खुलेको मा इण्ट्राडे हाई भएर १२१६ दशमलव २७ को उच्च बिन्दु सम्म पुगेर उच्चतम बिन्दु मा नै बन्द भएको छ । बजारको आजको न्यून विन्दु ११६६ दशमलव ३० रहेको थियो। केहि समय मन्द रहेको बजार राष्ट्र बैंक को निर्देशन जारी लगतै बढ्न थालेको थियो।

आज सबै भन्दा धेरै नेपाल बैंक को ४ करोड ३६ लाख बराबरको शेयर किनबेच भयो ।आज नागरिक लगानी कोष को शेयर मूल्य सबै भन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले वृद्धि भयो भने नागरिक लगानी कोष सहित आधा दर्जन कम्पनी को शेयर मूल्य ९ प्रतिशत भन्दा धेरै ले वृद्धि भयो।   गण्डकी विकास बैंक को शेयर मूल्य सर्वाधिक ५ दशमलव ७९ प्रतिशतले घटेको छ। गण्डकी बिकाश बैंक को गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न र साधारण सभा गर्ने आज बुधबार बुक क्लोज भएको हो। आज १६२ कम्पनीको शेयरमूल्य बढेको छ भने गण्डकी सहित ११ कम्पनीको मूल्य दोश्रो बजार मा घटेको छ।













Pages