दोश्रो बजार ७ दशमलव ६० अंकले बढ्दा , ३२ करोड को कारोबार - Lagani News

Latest


Post Top Ad

Thursday, December 13, 2018

दोश्रो बजार ७ दशमलव ६० अंकले बढ्दा , ३२ करोड को कारोबार

लगानीन्युज/काठमान्डौ: आज  नेप्से परिसुचक ७  दशमलव ६०   अंकले बढेर  ११४८ दशमलव ७८   को विन्दुमा पुगेको छ। परिसुचक आज० दशमलव ६७  प्रतिशतले  बढेको  छ। आज दिन भरमा ३२   करोड ३७   लाख बराबरको शेयर किनबेच भएको छ।आज  बजार ११५३   दशमलव २४ को उच्च बिन्दु सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११४०  दशमलव ३६  रहेकोमा बजार त्यो भन्दा माथि ११४८  दशमलव ७८  को विन्दुमा बन्द भएको छ।


आज सबै भन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर किनबेच भयो। नेपाल इन्स्योरेन्स कम्पनी को   ५  करोड २५   लाख बराबरको शेयर किनबेच भयो।नागवेली लघुवित्त को  मूल्य सबै भन्दा धेरै ५   दशमलव २५  प्रतिशतले वृद्धि भयो भने सूर्योदय लघुवित्त को शेयर मुल्य सर्वाधिक ३   दशमलव ५७  प्रतिशतले घटेको छ।

Pages