लगानीन्युज/काठमान्डौ: आज आरएमडीसी लघुवित्तको मूल्य समायोजन भएको थियो । १० प्रतिशत बोनस शेयरको लागि आज समायोजित मूल्य ५३६ रुपैयाँ ३६ पैसा थियो। हिजो मूल्य समायोजन हुनु अघि कम्पनीको कारोवार ५९० रुपैयाँमा बन्द भएको थियो।
कारोवार आज ५३६ रुपैयाँ बाट थपघट हुनु पर्ने ठाउँमा आज नेप्सेले मूल्य समायोजन हुनु अघिकै मूल्य ५९० बाट कारोवार थपघट गराएको देखिन्छ। आज कम्पनीको अन्तिम मूल्य ५६० देखाइएको छ। आज नेप्सेले तथ्यांक प्रस्तुत गर्दा समायोजन हुनु पुर्वकै मूल्यबाट ३० रुपैया घटेर बजार मूल्य ५६० पुगेको देखाईएको छ ।
वास्तवमा आज आरएमडीसी लघुवित्तको मूल्य रु २४ ले वृद्धि भएर ५६० पुगेको तथ्याङ्क देखिनु पर्नेमा लघुवित्तको शेयर मूल्य उल्टै ३० रुपैयाँ घटेर ५६० देखाईएको छ।
यसरी कम्पनीको मूल्यमा अप्राकृतिक रुपमा घटबढ गराईदा कतै नेप्से परिसूचक गणनामा समस्या छ की भन्ने आधार पनि भेटिएको छ।
अनलाईन कारोवार प्रणाली आए पश्चात मुल्य समायोजन पछिको कारोवारमा समस्या धेरै आएका छन् ।