साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीम संचालन गर्ने - Lagani News

Latest


Post Top Ad

Wednesday, December 5, 2018

साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीम संचालन गर्ने


लगानीन्युज/काठमाडौं: साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालीमको छैठाैँ ब्याच यही मंसिर २१ देखि २३ गते सम्म प्रत्येक दिन अपरान्ह ४ बजे देखि ६ बजेसम्म संचालन गर्ने भएको छ ।
कोटेश्वर स्थित कम्पनीको तालीम केन्द्रमा संचालन हुने सो तालीममा अधिकतम ३० जना सहभागी हुन सक्ने छन्।

तालिमका विशेषताहरुमा शेयर बजार के हो र कसरी प्रवेश गर्ने ? 
शेयर बजारलाई प्रभाव पार्ने तत्वहरू के के हुन्‌? 
वित्तिय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, 
कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरु,
 नेपालमा अन्लाईन शेयर कारोबारको महत्व 

तालिम शुल्क प्रति सहभागी कर सहित रु.१,५०० /- रहेको जनाइएको छ । तालिमका संयोजक उत्सव ढकालले सस्तो शुल्कमा खास गरेर नवप्रवेशीहरुलाई लक्षित गरी तालीम संचालन गर्दै आएको कुरा जानकारी गराउदै शेयर विश्लेषक सन्तोष राज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा बताए ।

थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ९८५११८०२२२ रहेको छ ।
अथवा message पठाउन https://www.facebook.com/scientificlearningcenter क्लिक गर्नुहाेस् ।

Pages