लगानीन्युज/काठमान्डौ: आज साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक ० दशमलव २० अंकले घटेर ११८७ दशमलव ७७ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ०२ प्रतिशतले घटेको छ।आज कारोवार रकम पनि घटेको छ। आज २८करोड ७७लाख बराबरको शेयरकिन बेच भएको छ। लगानीकर्ताहरु आज पनि तामाकोशीको शेयरमा आकर्षित भएको पाईयो।
आज पनि तामाकोशीमा निकै राम्रो खरिद कर्ता थिए। आज बजार अन्त्य हुँदा सम्म सर्किट लेभलमा करिब ५ लाख भन्दा धेरै कित्ता शेयर खरिदका लागि बसेका थिए। शेयर बिक्री गर्ने लगानीकर्ताहरु भने बेला बेलामा मात्र आउने गरेका थिए । हिजो ३६९० कित्ता मात्र शेयर किनबेच भएको तामाकोशीको आज ५७४९० कित्ता शेयर किनबेच भएको छ। आज तामाकोशीको बजार मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ३११ मा बन्द भएको छ।
आज नेपाल बैंक लिमिटेडको शेयर सर्वाधिक खरिद बिक्री भएको छ। नेपाल बैंकले २ करोड ५४ लाख रूपैया बराबरको कारोबार भएको छ ।
तामाकोशीको शेयर मूल्यमा आएको ठुलो परिवर्तनको कारणले गर्दा आज हाईड्रो परिसूचक भने सबै भन्दा धेरै ३ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ।
आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला : ११८७ दशमलव ९७
उच्च : ११९० दशमलव ७३
न्यून : ११८६ दशमलव ४६
बन्द : ११८७ दशमलव ७७
आज सर्वाधिक कारोवार भएका १० कम्पनी:
आज सर्वाधिक कमाएका १० कम्पनी:
आज सर्वाधिक गुमाएका १० कम्पनी: