नेप्सेमा करहरुका करकाप - Lagani News

Latest

Post Top Ad

Wednesday, January 30, 2019

नेप्सेमा करहरुका करकाप


नेप्सेमा बिभिन्न समयमा बिभिन्न करका भैरहन्छन उठान !
धारावाहिक रुपमा कारोवारी र लगानिकर्ता हुन्छन हैरान !!

कहिले तानाशाही रुपमा वृद्धि गरिन्छ पुँजीगत लाभ ! 
कहिले दलालीमा कार्यान्वयन गरिन्छ भ्याटको राप !!
कहिले प्यानमा दर्ता हुन नेप्से/ सेबोनले दिन्छ चाप !!!
अप्रत्याषित लागू गरिने करले कारोवारि भए बिस्मात !!!! 

कारोवारि र लगानिकर्तामा पर्यो प्रत्यक्ष नकरात्मक असर ! 
शेयरबाट रोजिरोटिको ब्यवस्था गर्ने माथि प्रहार भयो तरबार !!

नेप्से/ सेबोन र कारोवारिको ‪स्वार्थ-संघर्षले मुठभेड़ निम्तायो !‬
असोचनीय क्रमिक झन्झटले नेप्सेको सुचान्क/ कारोबार घटायो !! 

कारोबारि/ लगानिकर्ताको कारोबारबाट दलाली दस्तुर उठाईन्छ ! 
नेप्से/ सेबोनले त्यसबाटै अफ्नो आम्दानीको भागबन्डा लगाईन्छ !!

कारोबारी/ लगानिकर्ता बिना संचालन हुदैन शेयर बजार !
यिनलाई अत्याधिक दोहन गर्दा समस्या आउँछन् हजार !! 

कारोबारी/ लगानिकर्ता आम्दानिको श्रोत हुन, नगरौ हानी ! 
यिनलाई विविध करले हतोत्साहि बनाउने नगरौ बानी!!

सम्बन्धित संस्था हुन नेप्से, सेबोन, राष्ट्र बैन्क र अर्थ मन्त्रालय कर बिभाग !
आपसि दम्भ र समन्नयको कमिले, कारोबारि/ लगानिकर्तामा नपुगोस आघात !!
विभिन्न लगानी सम्बन्धीत संस्था र कारोबारिको गहिरिएर सुनियोस सुझाव !! 
अन्तर-संस्था छलफल र समझदारीले कारोबारि/ लगानिकर्तालाई होस् फलिफाप !!!

-दिग्विजय बिष्ट Facebook: CaliberTrader


Post Bottom Ad

Pages