लगानीन्युज/काठमान्डौ:आज साताको चौथो कारोवार दिन नेप्से परिसूचक ७ दशमलव ५७ अंकले घटेर ११८७ दशमलव ९७ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ६३ प्रतिशतले घटेको छ।
आज कारोवार रकम भने राम्रो संग बढेको छ। आज ५३ करोड ६ लाख बराबरको शेयर किन बेच भएको छ। बजार "इण्ट्राडे-लो" मा बन्द भएको बेला कारोवार रकम बढ्नु राम्रो होइन, एक जना प्राविधिक विश्लेषकले लगानीन्युज संग कुरा गर्दै भने।
लगानीकर्ताहरु आज पनि तामाकोशीको शेयरमा आकर्षित भएको पाईयो। अन्य धेरै हाईड्रोले बजारमा कुनै पनि चमक ल्याउन नसकेको अवस्थामा तामाकोशीको शेयर मूल्य भने आज लगानीकर्ताको पहिलो रोजाईमा पर्न सफल भएको छ।
आज पनि तामाकोशीमा निकै राम्रो खरिद कर्ता थिए। आज बजार अन्त्य हुँदा सम्म सर्किट लेभलमा ७ लाख भन्दा धेरै कित्ता शेयर खरिदका लागि बसेका थिए। शेयर बिक्री गर्ने लगानीकर्ताहरु भने बेला बेलामा मात्र आउने गरेका थिए । आज तामाकोशीको ३६९० कित्ता मात्र शेयर किनबेच भएको छ। आज तामाकोशीको बजार मूल्य २८३ मा बन्द भएको छ।
आज नेपाल बैंक लिमिटेडको शेयर सर्वाधिक खरिद बिक्री भएको छ। नेपाल बैंकले कुनै पनि लाभांस नदिने हल्ला संगै बजारमा मूल्य घटेर राम्रै शेयर किन बेच भएको छ।
लगातार धेरै दिन सम्म बढेको नागरिक लगानी कोषको शेयर मूल्य आज भने ब्रेक लागेको छ। आज नागरिक लगानीकोषको बजार मूल्य २ दशमलव १९ प्रतिशतले घटेर २८११ पुगेको छ।
तामाकोशीको शेयर मूल्यमा आएको ठुलो परिवर्तनको कारणले गर्दा आज हाईड्रो परिसूचक भने सबै भन्दा धेरै १ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ।
आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला : ११९५ दशमलव ५४
उच्च : १२०० दशमलव ३२
न्यून : ११८७ दशमलव ९७
बन्द : ११८७ दशमलव ९७
आज सर्वाधिक कारोवार भएका १० कम्पनी:
आज सर्वाधिक कारोवार भएका १० कम्पनी: