नेपाल पूँजीबजार संघको अध्यक्षमा संरक्षणा, दुर्गा काफ्ले उपाध्यक्ष - Lagani News

Latest


Post Top Ad

Saturday, January 19, 2019

नेपाल पूँजीबजार संघको अध्यक्षमा संरक्षणा, दुर्गा काफ्ले उपाध्यक्ष



लगानीन्युज/काठमान्डौ: नेपाल पूँजीबजार संघले आफ्नो नवनिर्वाचित अध्यक्ष र संचालक समितीका सम्पुर्ण सदस्यहरुलाई सम्मान एवं स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघको नवनिर्वाचित अध्यक्षका रुपमा युवा लगानीकर्ता संरक्षणा चौधरी मनोनित भएकी छिन भने उपाध्यक्ष तर्फ दुर्गा काफ्ले, महा-सचिवमा सन्जिब साही, सचिवमा विशाल कडरिया, कोषाध्यक्ष तर्फ सङ्गिता सुवेदी, प्रमुख सल्लाहकारमा संघका पुर्व अध्यक्ष नवराज सुवेदी र राजन श्रेष्ठ रहेका छन भने सदस्य तर्फ क्रमश कन्चन लामा, सरोज पुरी र पवन यादव रहेका छन् ।

" यस संघमा म अध्यक्षको पदका लागि भन्दा पनि लगानीकर्ताको हकहित लागि ,युवापुस्तालाई लगानीमैत्री तरिकाले अघि बढ्नका लागि , शेयर शिक्षा बारे जन चेतनामुलक कार्यक्रम गरि थप पूंजी भित्र्याउनका लागि , वित्तिय साक्षरता सम्बन्धि ज्ञान दिनका लागि र पूंजीबजारको विकास अनि विस्तारका लागि सदैव अगाडि बढ्ने प्रतिबद्धताका साथ लागि पर्नेछु ।" ; अध्यक्ष संरक्षणा चौधरीले सामाजिक संजाल मार्फत सम्पूर्ण लगानीकर्तालाई जानकारी दिनु भयो। 



Pages