लगानीन्युज/काठमान्डौ:आज पनि तामाकोशीको बजार मूल्यमा माथिल्लो सर्किट लागेको छ । हिजो २५८ प्रतिकित्तामा कारोवार बन्द भएको कम्पनीको आज ९ दशमलव ६९ प्रतिशतले वृद्धि भएर २८३ सम्म पुगेको छ।
बजारमा आज तामाकोशीको यो समाचार तयार पार्दा सम्म ६ लाख कित्ता भन्दा धेरै खरिदकर्ता हरु २८३ मा तामाकोशीको शेयर किन्न बसेको अवस्था छ।
अहिले सम्म खरिद कर्ता थपिदै गए पनि बिक्री कर्ताको संख्या भने एकदमै कम छ।