लगानीन्युज/काठमान्डौ: आज साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक १० दशमलव ८६ अंकले घटेर ११६८ दशमलव ०६ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ९२ प्रतिशतले घटेको छ। आज ३६ करोड ७७ लाख बराबरको शेयर किनबेच भएको छ जसमा अपर तामाकोशीको १० करोड ९१ लाख बराबरको शेयर किन बेच भएको छ।
आज माथिल्लो तामाकोशीको सर्वाधिक १० करोड ९१ लाख बराबरको शेयर किनबेच भयो भने आज गोर्खा फाइनान्सका शेयर मूल्य सर्वाधिक ४ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ।
आज सर्वाधिक गुमाउनेमा माथिल्लो तामाकोशीको शेयर रहेको छ। आज माथिल्लो तामाकोशीको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले घटेको छ।
खुला : ११७९ दशमलव १७
उच्च : ११७९ दशमलव १८
न्यून : ११६७ दशमलव २०
बन्द : ११६८ दशमलव ०६